शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउने खेलाडी

 माघ ३०, २०८१ बुधबार १८:२८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एपी

काठमाण्डाै – भारतका शुभमन गिल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५०० सय रन बनाउने खेलाडी बनेका छन् ।

अहमदाबादमा इङ्गल्यान्डसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा गिलले यो उपलब्धि हासिल गरेका हुन् । उनले ५० पारीमा २५०० रन पूरा गरेका हुन् । यसअघि दक्षिण अफ्रिकाका हाशिम आमलाले ५१ र पाकिस्तानका इमाम–उल–हकले ५२ पारीमा २५०० रन पूरा गरेका थिए ।

गिलले सन् २०१९ को जनवरीमा न्युजिल्यान्डसँगको खेलमा भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । आफ्नो ५०औं खेलमा शुभमन गिल शतक बनाएर आउट भए ।

तीन खेलकाे एकदिवसीय शृङ्खला भारतले एक खेलअघि नै जितिसकेकाे छ । शृङ्खलामा भारत २–० ले अघि छ । भारतले पहिलाे र दाेस्राे खेलमा समान ४ विकेटले जितेकाे थियाे । यसअघि भएकाे पाँच खेलकाे टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि भारतले ४–१ ले जितेकाे थियाे ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया