भ्रष्टाचारको आरोपमा बङ्गलादेशकी क्रिकेटर शोहेली अख्तरलाई ५ वर्षको प्रतिबन्ध

भ्रष्टाचारको आरोपमा प्रतिबन्धमा पर्ने पहिलो महिला क्रिकेटर

 माघ ३०, २०८१ बुधबार १५:८:४३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भ्रष्टाचारको आरोपमा बङ्गलादेशकी क्रिकेटर शोहेली अख्तरलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ ।

शोहेली अख्तर भ्रष्टाचारको आरोपमा प्रतिबन्धमा पर्ने पहिलो महिला क्रिकेटर बनेकी छिन् । ३६ वर्षीया अख्तरमाथि खेलमा मिलेमतोको प्रयास गरेको, आर्थिक अनियमिततामा संलग्न रहेको र स्वतन्त्र अनुसन्धानमा असहयोग गरेको आरोप लागेको थियो ।

भ्रष्टाचार विरोधी संहिताको पाँच प्रावधान उल्लङ्घन गरेको स्वीकार गरेपछि अख्तरलाई आईसीसीले सबैखाले क्रिकेटबाट पाँच वर्षको प्रतिबन्ध लगाएको हो ।

गएको वर्ष दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकप क्रिकेटका क्रममा अख्तरले खेलमा मिलेमतो गरेको आरोप लागेको थियो । उनले त्यो विश्वकप नखेले पनि खेल मिलेमतोमा संलग्न रहेको पाइएको थियो । अस्ट्रेलियासँगको खेलमा उनले खेलाडीलाई 'हिट विकेट' आउट हुनका लागि १६ हजार ४ सय अमेरिकी डलरको प्रस्ताव गरेकी थिइन् ।

शोहेली अख्तरले बङ्गलादेशका लागि दुई अन्तर्राष्ट्रिय एकदिवसीय र १३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन् ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया