क्षतिग्रस्त बीपी राजमार्गको मर्मत शुरू

 माघ ३०, २०८१ बुधबार १५:६:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मको मर्मत कार्य शुरू भएको छ । राजमार्गको १३ किलोमिटर खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालेको भक्तपुरमा रहेको सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो ।

क्षतिग्रस्त १३ किलोमिटरमध्ये ८ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको कार्यालयका प्रमुख याेगेशको भनाइ छ । यो राजमार्गलाई अबरुद्ध हुन नदिने लक्ष्य सहित काम थालेको उहाँले बताउनुभयो ।

गएको शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले बीपी राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

गएको असोज दोस्रो हप्ता आएको बाढीले राजमार्गमा क्षति पुगेपछि त्यस बेला निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे भएका कारण यात्रुले सास्ती भोग्नुपरेको छ । अहिले धेरै ठाउँमा खोला तर्काएर बाटो बनाएकोले वर्षायाममा अवरुद्ध हुने निश्चित छ । त्यसैले वर्षायामलाई समेत ख्याल गरेर पुनर्निर्माणको काम शुरू भएको हो ।

राजमार्गको स्थायी पुनर्निर्माणका लागि झन्डै ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यसका लागि भने बजेटको व्यवस्था भइसकेको छैन ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया