शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
गाेरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षाैंदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती शुरू भएको छ । किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट–३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती शुरू भएको गाउँपालिकाकाे कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिनुभयो ।
‘झन्डै २ हजार २ सय मिटरको उचाइमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरूलाई समेटेर कागतेखर्क बहुउद्देश्यीय कृषक समूह गठन गरिएको छ’, उहाँले भन्नुभयो, ‘त्यही समूहमा आबद्ध किसानहरूलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ त्यहीअनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो ।’
मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सय वटा ओखरका बेर्ना वितरण गरिएको कृषि शाखाका प्रमुख ढकालले बताउनुभयो । गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका बिरुवा खरिद गरेर ल्याई किसानहरूलाई वितरण गरेको हो । ओखर खेतीका लागि छनोट गरिएको जग्गालाई ४ वटा 'प्लट' बनाएर बेर्ना लगाउन थालिएको ढकालकाे भनाइ छ ।
वितरण गरिएका बेर्ना प्रत्येक १० मिटरको फरकमा खाडल खनेर आवश्यक मलखादको व्यवस्था गरी किसानहरूले रोप्न शुरू गरिसकेका छन् । अहिले लगाइएको बिरुवाले झन्डै ४ वर्षपछि उत्पादन दिन शुरू गर्ने ढकालले बताउनुभयो ।
‘कृषि प्राविधिकसहितको टोलीले माटो परीक्षण गर्दा ती क्षेत्र ओखरखेतीका लागि अत्यन्तै उपयुक्त रहेको पाइयो’, उहाँले भन्नुभयो, ‘भिरालो पानी नजम्ने जमिन र त्यहाँको हावापानी पनि ओखरखेतीका लागि सुहाउँदो भएकाले यस वर्षदेखि ओखरखेती थालनी गरिएको हो ।’
ओखरका बिरुवा खरिदका लागि १० लाख र ढुवानीका लागि मात्रै १ लाख रुपैयाँभन्दा धेरै खर्च भएको ढकालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।