धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो हावा र सुख्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बद्ली भएर बेलुकीपख केही शीतल भए पनि तराईका जिल्लामा मौसम बद्ली नहुँदा जनजीवन बढी प्रभावित बनेको छ ।
तराईका धेरैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । गएको २४ घण्टामा धनगढीको अधिकतम तापक्रम ४० दशमलव ८ डिग्री सेल्सियस, नेपालगञ्ज र भैरहवाकोे ४० दशमलव ६ डिग्री सेल्सियस पुगेको छ । यस्तै, वीरेन्द्रनगरको ३७ दशमलव २ डिग्री सेल्सियस, घोराहीको ३७ डिग्री सेल्सियस, सिमराको ३६ दशमलव ४ डिग्री सेल्सियस, दीपायलको ३६ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । गर्मीसँगै तातो हावा चल्न थालेकाले सकेसम्म दिउँसोको समयमा घर बाहिर ननिस्कन र खेतबारीको काम बिहान बेलुका मात्रै गर्न सरकारले आग्रह गरिसकेको छ । गर्मीको यो समयमा प्रशस्त शुद्ध पानी पिउन र पानी पाइने फलफूल खान पनि सुझाव दिइएको छ । यसैबीच, केही दिन यता बढेको गर्मी भोलि भने केही कम हुनसक्ने अनुमान गरिएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार भोलि पूर्वी क्षेत्रबाट जलवाष्पयुक्त हावा नेपाल आउने सम्भावना रहेकाले पहाडीसहित तराईमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । केही ठाउँमा हल्का पानी समेत पर्ने सम्भावना रहेकाले केही राहत मिल्ने मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।