कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको राष्ट्र बैङ्कक...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी गठबन्धनबारे पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको सम्पर्क समन्वय समितिले आज बुधवार काठमाण्डौमा गरेकाे कार्यक्रममा महामन्त्री थापाले गठबन्धनका दलहरूबीच चुनावी तालमेलका विषयमा पार्टीभित्र केही बहस र विवाद रहे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताउनुभयाे ।
‘यो पटक विशेष अवस्था बनेको छ । केही समयअघि कांग्रेसले गठबन्धन गरेर सरकार बनायो, गठबन्धनमा रहेका दलको बीचमा कैयौँ ठाउँमा चुनावी तालमेल भएका छन् । यो ठिक हो कि होइन भनेर पार्टीभित्र मतभिन्नता र सङ्घर्ष भएका छन्, यो पछिसम्म पनि रहन्छ । तर हामी सबैले दलको निर्णय मान्नुपर्छ’, उहाँले भन्नुभयो ।
महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै गठबन्धन गरे पनि अरू पालिकामा स्थानीय सङ्गठनले नै निर्णय गरेकाले पार्टीको निर्णय मान्न थापाले निर्देशन दिनुभयो ।
‘कांग्रेस एक्लै चुनावमा जाँदा त कैयौँ योग्य साथीहरू उम्मेदवारीबाट वञ्चित हुनुभएको छ, त्यो माथि अहिले तालमेल हुँदा धेरै योग्य साथीहरू छुट्नुभएको छ, विरोधको भाव आउनु स्वाभाविक हो तर पार्टीको निर्णय त सबैले मान्नुपर्छ’, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले अहिले आवेशमा आएर पार्टीलाई नटेर्नेहरूलाई पछि अप्ठेराे पर्ने चेतावनी पनि दिनुभयो । पार्टीभित्र भएको विभेदको एक–एक हिसाब हुन्छ तर अहिले चुनाव जित्ने गरी अभियानमा लाग्नुपर्छ, पार्टीको निर्णयभन्दा बाहिर गएर उम्मेदवारी दिँदै गर्दा राम्रो हुँदैन, अहिले आवेशमा आएर पार्टीको निर्णय नमानेर बाहिर जाने साथीहरूलाई पछि पार्टीमा फर्किएर काम गर्न गाह्रो छ, बेलैमा साथीहरूले सोच्नुहोला’, थापाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।