सर्वोच्चको आदेश विपरीत माओवादीले जितेका पालिकाहरुमा सार्वजनि...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले यही २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा अर्थात सेमेस्टर सकिएपछि बिदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट नै बिदाबारे निर्णय गर्न सक्ने जनाएको छ ।
अरु क्याम्पस, विभाग र स्कुलहरुको हकमा भने आउने २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन वर्षे बिदा दिने निर्णय गरेको विश्वविद्यालयले सूचनामार्फत जानकारी दिएको छ । यो समयमा विद्यार्थीहरुको परीक्षा चलिरहेको भए परीक्षा यथावत् नै रहने सूचनामा जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।