इटहरीमा कुन उमेर समूहका कतिले दिए उम्मेदवारी ?

 वैशाख १५, २०७९ बिहीबार १६:२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - आउँदाे ३० गते हुने चुनावका लागि सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य पदका लागि पाँच सय ४३ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन अधिकृत कार्यालय इटहरी उपमहानगरले दिएको जानकारी अनुसार ३० वर्षभन्दा कम उमेर समूहका ४८ जना, ३१ वर्षदेखि ५० वर्ष उमेर समूहका तीन सय २० जना, ५१ वर्षदेखि ७० वर्ष उमेर समूहका एक सय ६७ जना र ७१ वर्षभन्दा माथिको उमेर समूहका आठ जनाको उम्मेदवारी परेको छ।

कार्यालयका अनुसार ३० वर्षभन्दा कम उमेर समूहमा सबैभन्दा बढी उम्मेदवारी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सबैभन्दा बढी १८ जनाको उम्मेदवारी परेको छ । त्यसपछि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दश जनाको उम्मेदवारी परेको कार्यालयले जानकारी दिएको छ । यो उमेर समूहमा तेस्रो सबैभन्दा बढी सङ्ख्यामा उम्मेदवारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट परेको छ । माओवादी केन्द्रबाट यो उमेर समूहमा ९ जनाको उम्मेदवारी रहेकाे जानकारी दिएको छ ।

यो उमेर समूहमा नेकपा (एमाले) र नेपाली कांग्रेसबाट सम्मान चार/चार जनाको उम्मेदवारी परेको छ । यही उमेर समूहरमा स्वतन्त्र, जनता समाजवादी पार्टी र मङ्गोल नेशनल अर्गनाइजेसनबाट एक/एक जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

३१ वर्षदेखि ५० वर्ष उमेर समूहमा सबैभन्दा बढी नेपाली कांग्रेसबाट उम्मेदवारी परेको छ । कांग्रेसबाट यो उमेर समूहमा ६९ जनाको उम्मेदवारी परेको छ । दाेस्रो स्थानमा नेकपा (एमाले) रहेको छ । यो उमेदर समूहमा एमालेबाट ६१ जनाको उम्मेदवारी परेको छ । यही उमेर समूहमा नेकपा (माओवादी केन्द्र)बाट ५२ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ५० जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीबाट यही उमेर समूहमा ३४ जना, स्वतन्त्रबाट १८ जना, जनता समाजवादी पार्टी नेपालबाट १३ जना, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १४ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट तीन जना, नागरिक उन्मुक्ति पार्टीबाट दुई जना र मङ्गोल नेशनल अर्गनाइजेसन, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, मौलिक जरोकिलो पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबाट एक/एक जनाको उम्मेदवारी परेको छ ।

५१ वर्षदेखि ७० वर्ष उमेर समूहमा सबैभन्दा बढी नेकपा (एमाले)बाट ३७ जनाको उम्मेदवारी परेको छ । यही उमेर समूहमा नेपाली कांग्रेसबाट २४ जना, नेकपा (माओवादी केन्द्र)बाट २७ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १८ जना, नेकपा (एकीकृत समाजवादी)बाट १९ जना, स्वतन्त्रबाट १६, जनता समाजवादी पार्टी नेपालबाट ९ जना, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ६ जना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट चार जना, नेपाल लोकतान्त्रिक पार्टीबाट तीन जना, राष्ट्रिय जनमोर्चाबाट दुई जना, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल र मौलिक जरोकिलो पार्टीबाट एक/एक जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

७० वर्षभन्दा माथि उमेर समूहमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई/दुई जनाको उम्मेदवारी परेको छ । यस्तै यही उमेर समूहमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नागरिक उन्मुक्ति पार्टीबाट एक/एक जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नेकपा (एमाले) लगायतका अन्य पार्टीबाट यही उमेर समूहमा उम्मेदवारी नपरेको कार्यालयले जानकारी दिएको छ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया