भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रिय फुटबल टिमकाे बन्द प्रशिक्षणका लागि १७ जना नयाँ खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएर राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अरू १७ नयाँ खेलाडीलाई बोलाइएको एन्फाले जनाएको छ ।
थपिएका १७ जना खेलाडीमा गोलकिपरहरू विकेश कुथू, विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्जप्रिन्स कार्की, मनीष जर्घामगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रूपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनील श्रेष्ठ र सुशील राईलाई एन्फाले बन्द प्रशिक्षणका लागि बोलाएको छ ।
प्रशिक्षक अलमुताइरीसँगको विवादपछि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र विशाल राईले बन्द प्रशिक्षण छाडेका थिए । उनीहरूलाई बेवास्ता गर्दै प्रशिक्षक अल्मुताइरीले अन्य खेलाडीलाई थपेका छन् ।
बन्द प्रशिक्षणका क्रममा खेलाडीले खाना राम्रो नभएको गुनासो गरेपछि प्रशिक्षक अलमुताइरीसँग विवाद भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rewati Pokhrel
April 30, 2022, 7:51 a.m.Good news.