जिम्बाब्वे 'ए' सँगकाे शृङ्खला गुणस्तरीय क्रिकेट खेल्ने माैका : प्रशिक्षक पुबुदु

 वैशाख १६, २०७९ शुक्रबार २०:१०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि भाेलि शनिवारदेखि जिम्बाब्वेको 'ए' टोलीसँग तीन एकदिवसीय र तीन टी–२० शृङ्खला खेल्दै छ । 

कीर्तिपुरमा रहेकाे त्रिवि मैदानमा हुने शृङ्खला अमेरिका भ्रमणअघि अवसर भएको र गुणस्तरीय क्रिकेट खेल्ने मौका भएको नेपाली टाेलीका प्रशिक्षक पुबुदु दासानायकेले बताए । आज शुक्रवार खेलअघिकाे पत्रकार सम्मेलनमा प्रशिक्षक दासानायकेले जिम्बाब्वे 'ए' सँगकाे शृङ्खलाले अमेरिका भ्रमणमा सहयाेग गर्ने बताएका हुन् । 

यस्तै नेपाली टाेलीका कप्तान सन्दीप लािमछानेले घरेलु मैदानमा हुने शृङ्खलामा सुखद नतिजाका लागि खेल्ने बताए । यस्तै नेपाल भ्रमण गरेकाे जिम्बाब्वे टोलीका प्रशिक्षक डौग्लास होन्डुले युवा टोली समेटेर शृङ्खलामा आएको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए । नेपाल भ्रमणमा आएका खेलाडी राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्ने भन्दै उदाउँदै गरेको नेपालसँग खेल्न पाउँदा खुसी लागेको जिब्बाब्वेका प्रशिक्षक डोग्लास होन्डुले बताए ।

प्रशिक्षक होन्डुले भने जस्तै जिम्बाब्वेकाे टाेलीका कप्तान टोनी मुनियोङ्गाले नेपाली टोलीसँग घरेलु मैदानमा खेल्दा नयाँ अनुभव हुने प्रतिक्रिया दिए । 

नेपालमा आयोजना हुन लागेको शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले एकदिवसीय शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

एकदिवसीय शृङ्खला भाेलिदेखि २१ गतेसम्म चल्ने छ भने टी–२० शृङ्खला वैशाख २३ देखि २६ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया