युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । एक सय ३६ वर्षदेखि लगातार मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । यो दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ ।
नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाल ट्रेड युनियनले श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्रा गर्दैछ ।
काठमाण्डौको भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा सहिदगेट, न्युरोड गेट, रत्नपार्क हुँदै बागबजारमा पुगेर सभामा परिणत हुनेछ । यस्तै नेपाल ट्रेड युनियन महासङ्घले भृकुटीमण्डमा श्रमिक सभाको आयोजना गर्ने छ ।
नेपालका क्रियाशील एक दर्जनभन्दा बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले बृहत् कार्यक्रमको आयोजना गर्ने जनाएको छ । नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।
२००७ सालको राणा शासनविरुद्ध, २०४६ सालको प्रजातन्त्र प्राप्ति तथा २०६२/६३ सालको गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ । आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् । संविधानमा श्रम–एजेन्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा हरेक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।
संविधानमा श्रम अभ्यास र श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ । बालश्रम, बाधा श्रम निषेध भएको छ । विभिन्न जातीय, लैङ्गिक, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ ।
औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ । तर, श्रमिकको हक अधिकारका विषय संविधानमा लेखिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ ।
अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका धेरै श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम पारिश्रमिकबाट वञ्चित छन् । संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएका छन् । दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
यसैबीच, दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताउनु भएको छ ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । उहाँले श्रमिकका लागि सीपमूलक तालिम, व्यावहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।