नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – कम्युटर एसोसिएशन अफ नेपाल (क्यान) महासङ्घले देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आउन लागेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका महासचिव नारायण थापाले आज आइतवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा प्रदायकले विदेशबाट ब्यान्डविथ खरिद गरेबापतको डलर भुक्तानीका लागि सरकारले सिफारिस नगरेको र महालेखाको बेरुजुलाई आधार बनाएर विभिन्न निकायबीच भइरहेको विवादका कारण इन्टरनेट सेवा बन्द हुने अवस्था आउनु दुःखद भएको बताउनुभएको छ । क्यान महासङ्घले इन्टरनेट जस्तो अत्यावश्यक सेवा बन्द हुनुअघि नै सम्बन्धित निकायले समस्याको समाधान गर्न पनि आग्रह गरेको छ ।
इन्टरनेट ब्यान्डविथ खरिदबापतको रकम विदेश पठाउन सरकारले सहयोग नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले हिजो शनिवार विज्ञप्ति निकालेर चुनावका बेला देशभरको इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।