युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिह्न लगाउँदै हुनुहुन्छ । गृह मन्त्रालयले बिहान ८ बजेर ४५ मिनेटमा दर्ज्यानी चिह्न लगाउने कार्यक्रम राखेको छ ।
सरकारले हिजो सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सिंहको बढुवामा अर्का एआईजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका छन् ।
सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने उनीहरुको तयारी छ । अदालतमा आज रिट परेर आज नै पेशी तोकिए सर्वोच्चले दर्ज्यानी चिह्न लगाउनै रोक्न सक्ने भएकाले बिहानै कार्यक्रम तय भएको बुझिएको छ । यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा सर्वोच्चले रोक लगाएको थियो ।
यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि आज दर्ज्यानी चिह्न लगाउँदै हुनुहुन्छ । हिजै महानिरीक्षक नियुक्त भएका अर्याल सशस्त्रको आईजीपीमा एक्ला दाबेदार हुनुहुन्थ्यो । बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ ।
रोलक्रममा तेस्रो नम्बरमा रहेका र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै सरकारको आलोचना भइरहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।