विपद्पछिको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता जनाउनु भएकाे छ । आज गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।
सिंहले आपराधिक तत्वसँगको साँठगाँठलाई अन्त्य पार्ने र सङ्गठन सुधारका कार्यहरु लागू गर्ने बताउनु भएकाे छ । साथै उहाँले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।
सिंहले भन्नुभयो, ‘आपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने याेजनालाई केन्द्रमा राखेर आफ्ना सहकर्मीहरुलाई साथमा लिइ सङ्गठन सुधारका कार्यहरु लागू गर्ने प्रतिबद्धता जनाउँछु । अहिलेको राष्ट्रिय प्राथमिकता भनेको पालिका चुनाव हाे । चुनावलाई सुरक्षित, भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने खालकाे वातावरण निर्माणमा ध्यान दिन्छु।’
सिंहले पालिका चुनावमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पार्नुभयो।
गृह मन्त्रालयमा आज गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।