धनुषामा १५ किलो गाँजासहित एकजना पक्राउ

 असोज २, २०७५ मंगलबार १०:१४:४५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषाको मिथिला नगरपालिकाबाट लागुऔषध १५ किलो गाँजासहित एकजनालाई पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका १ बस्ने ५९ वर्षका बासुदेवप्रसाद महतो थारु रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ९ बडहरीबजार नजिकको तराई निजीवनको कार्यालय छेउको गल्ली बाटोबाट दुईवटा प्लास्टिकको बोरामा तरकारी भण्टा र हरियो खुर्सानीसँगै प्लास्टिकमा लुकाई राखेको १५ किलो ७ सय ग्राम गाँजा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गाँजा एउटा बसबाट ओरालेर बडहडी खोलातर्फ लैजाँदै गर्दा शंकाको आधारमा खोजी गर्दा फेला परेको हो । गाँजासहित पक्राउ परेका थारुलाई थप अनुसन्धानसँगै कारवाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया