अधिवेशन/महाधिवेशन स्थगित गर्न भ्रातृ सङ्घ र शुभेच्छुक संस्थालाई कांग्रेसकाे निर्देशन

 वैशाख २१, २०७९ बुधबार १४:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन तथा महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति निकालेर भ्रातृ तथा शुभेच्छुक संस्थालाई अधिवेशन तथा महाधिवेशन अहिलेका लागि स्थगित गर्न जानकारी गराउनुभएको हो । 

सभापति शेरबहादुर देउवाले पालिका चुनावको समयमा अधिवेशन तथा महाधिवेशन स्थगित गर्न भ्रातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिनुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पालिका चुनावको प्रचारप्रसारमा खटिनुपर्ने भएकोले चुनाव आसपास अधिवेशन तथा महाधिवेशन गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा पालिका चुनावको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन र महाधिवेशनको कार्यतालिका तय गर्ने जनाइएकाे छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया