दल र उम्मेदवारले जसरी पनि मैले जित्नुपर्छ भन्छन्, आयोग निष्पक्ष हुनुपर्छ : राष्ट्रपति भण्डारी

 वैशाख २१, २०७९ बुधबार १८:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पालिका चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउने गरी वातावरण मिलाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ ।

शीतल निवासमा आज बुधवार आयोगका पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले पालिका चुनावका लागि आयोगको तयारी सन्तोषजनक भएको उल्लेख गर्दै मतदाताले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्बाध रूपमा मतदान गर्न पाउने हक, अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने वातावरण बनाउन चनाखो रहनुपर्ने बताउनुभयो ।

राजनीतिक दल र उम्मेदवारलाई जसरी पनि आफूले चुनाव जित्नुपर्छ भन्ने भावना भए पनि आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत सङ्कलन गरेर निष्पक्षताको प्रत्याभूति दिनुपर्नेमा भण्डारीले जोड दिनुभयो ।

यस्तै छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावको तयारीका सबै काम अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको थियो । पालिका चुनाव यही वैशाख ३० गते हुँदैछ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया