अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - गृह मन्त्रालयले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुने जनाएको छ ।
चुनाव बिथोल्ने, शान्ति र सहिष्णुता खल्बल्याउने तथा मतदातालाई स्वतन्त्र रूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानुनबमोजिम कारबाही हुने गृहले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट चुनाव प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, आचारसंहिताको प्रतिकूलका क्रियाकलाप भइरहेका सूचना प्राप्त भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
चुनावलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु सबैको कर्तव्य रहेको र कानुनविपरीतका गतिविधिमा संलग्नको सुरक्षा निकायबाट सुक्ष्म निगरानी गरिरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
वैशाख ३० गते देशभर एकै चरणमा पालिकाको चुनाव हुँदैछ । चुनावको सुरक्षा व्यवस्थापनका लागि देशभर झन्डै दुई लाख ६० हजारको सङ्ख्यामा सुरक्षाकर्मी र तीन लाख कर्मचारी खटिएका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।