फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
मंसिर १०, २०८१ सोमबार
सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका–१७ मा फेरि मतदान हुने भएको छ । निर्वाचन आयोगले यस वडामा फेरि मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्वदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ ।
जनता समाजवादी पार्टीले आफू पक्षीय मतदातालाई शुक्रवार बिहानै मतदान गराएपछि दिउँसाेदेखि भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले आरोप लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेदवार रामविश्वास राय लगायतले नेकपा (माओवादी केन्द्र) का वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गरिएको छ ।
यस वडाको आधारभूत विद्यालय परोरिया मतदान स्थलअन्तर्गत दुई मतदान केन्द्रमा जम्मा १ हजार ९ सय ५४ मतदाता भए पनि त्यहाँ शुक्रवार बेलुकासम्म ३ सय ७२ मत मात्र खसेको थियो । वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको थिएन ।
बरहथवाका निर्वाचन अधिकृत दशरथ पङ्गेनीले प्रचलित ऐन, नियमअनुसार सर्वदलीय बैठक राखेपछि यस वडामा फेरि मतदानको मिति तय गरिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।