नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५३ अङ्कले घटेर दुई हजार एक सय ३७ दशमलव ९२ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
दाेहाेराे अङ्कले बजार घटेकाे दिन दुई सय २९ कम्पनीकाे ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा किनबेच भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर आज पनि १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि उपकार लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै साढे आठ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।