अमेरिकी डलरकाे भाउ आज पनि स्थिर
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पालिका चुनावमा आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनीधिहरूलाई आज बुधवार बेलुकी रात्रिभोज दिने भएको छ ।
पार्टीले आयोजना गरेको प्रशिक्षणमा सहभागी हुन काठमाण्डौ आएका जनप्रतिनिधिहरूलाई बेलुकी ७ देखि ९ बजेसम्म हिमालय होटलमा भोजको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । प्रशिक्षणमा पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुखहरू सहभागी छन् ।
प्रशिक्षण भाेलि बिहीवारसम्म चल्नेछ । माओवादीले यसअघि २०७४ सालको चुनावमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो ।
तस्बिर : थुलुङ दूधकाेशी गाउँपालिकाका अध्यक्ष असिम राईकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Som Chhetri
June 1, 2022, 9:18 p.m.यहि त छत जनता ढिँडो खान नपाएर कतिले भोको पेटमा गएर भोट लगाए आखिर एक भोट हो सम्माननिय प्रधानमन्त्री ज्यु को पनि एक भोट थियो बिहान बेलुका चुलोमा आगो बाल्न नसक्ने गरिब ...... को पनि एक भोट थियो आखिर भोटमा त सानो ठूलो धनि गरिब थिएन तर जनताले दिएको मतले ठुलो मोजमस्ती टन्न खानुस् मासु भात भनेपछि हाम्रो ह्याकुलो फुल्ने खानु सकेसम्म पेटमा हाल्नु नसकेको खल्ती मा हालेर जानु जय होस १० बर्षे धनयुद्दको