खो–खोको पहिलो विश्वकप आजदेखि शुरू : उद्घाटन खेलमा नेपाल र भ...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुगेको टिप्पणी गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज आइतवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अध्यक्ष ओलीले भन्नुभयाे, ‘पैसाबाहेक अरू नसोच्नेहरूका हातमा सरकार पुगेकाे छ । यस्ताे अवस्थामा केकाे वातावरण ? त्यो सबै कुरा टुङ्गियो । यी कुरा अहिलेका सरकारका मान्छेहरूलाई मलाई थाहा छैन । वातावरण विनाशको डिलमा पुग्न लागेको छ । यसबारेमा सरकारकाे केही रूचि छ कि छैन, ज्ञान छ कि छैन ?’
अध्यक्ष ओलीले नेपालको हिमालले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको 'सगरमाथा संवाद' कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताउनुभयो । उहाँले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्त्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरूसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्त्व दर्शाउनका लागि अन्तर्राष्ट्रियस्तरको 'सगरमाथा संवाद' कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पनि स्मरण गराउनुभयो । तर त्यो सन् २०२० मा कोभिडका कारण अघि बढ्न नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्त्वपूर्ण हुने भएकाले विश्व नेताहरूले नेपालको हिमालबारे चर्चा गर्नु अति आवश्यक रहेको तर्क गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।