रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ । आज आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै उनीहरूले दुखेसाे गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो ।
मन्त्री शर्माले किसानलाई सम्मान र आदर गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई माया पनि गर्नुपर्याे । सम्मान पनि गर्नुपर्याे । किसानहरू हेपिएर देश बन्दैन । आजको विश्वको ठूलो समस्या भनेकै खाद्यको समस्या हो । हामीसँग हामीलाई पुग्न सक्ने, धान उत्पादन गर्न सक्ने खेतहरू छन् । तरकारी उत्पादन गर्ने बारीहरू छन् । हामीसँग कमी छैन । जनशक्तिको समस्या हामीलाई होइन । एउटा राष्ट्रिय सङ्कल्पको अभाव हाे, नीतिको अभाव हाे, त्यो खालको कार्यक्रमको अभाव हो । किसानहरूलाई प्रोत्साहित गर्ने, सम्मान गर्ने, आदर गर्ने संस्कारको अभाव हो । अब कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ ।’
अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी यहीँ उत्पादन गर्नुपर्ने बताउनुभयो । कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै उहाँले आवश्यक कच्चा पदार्थहरूमा पर्याप्त भन्सार छुट दिइने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।