काेदालाका बिँड बाहिरबाट आउन भएन, नेपालमै बनाऔँ : जनार्दन शर्मा

 जेठ २२, २०७९ आइतबार १९:३८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी यहीँ नै उत्पादन गर्नुपर्ने बताउनुभएकाे छ । आज आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै अर्थमन्त्री शर्माले आवश्यक कच्चा पदार्थहरूमा पर्याप्त भन्सार छुट दिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब त कोदालाका बिँड पनि बाहिरबाट आउन थाल्यो । त्यो चाहिँ अब हुँदैन । बिँड बनाउनुस्, बाहिरबाट आउनुभएन । कुटा यही बनाऔँ, बाहिरबाट आउनुभएन । कोदाला यही बनाऔँ, बाहिरबाट आउनुभएन । हामी सबै बाहिरबाट ल्याउँछाैँ भन्ने माग गर्नुभयो भने हाम्रो कुरा मिल्दैन । हामी बनाउँछौँ भन्नुस् । उद्योगहरु सञ्चालन गरौँ । कच्चा पदार्थमा तपाईँहरूलाई पर्याप्त छुट हुन्छ । भन्सार लाग्दैन ।’

अर्थमन्त्री शर्माले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरूको हस्तान्तरण र सिँचाइको व्यवस्था लगायतका कामलाई एकीकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गर्नुभयो । 

यसैबीच मन्त्री शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै कृषि क्षेत्रलाई सम्मान र माया गर्न पनि आग्रह गर्नुभएकाे छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sanjay rai

    June 5, 2022, 7:42 p.m.

    काेदालाेकाे बिड पनि नबन्ने देश पाे रछ मेराे त । ठिक छ अब म अाफै बनाएर देशैभर पुर्यनउछु

  •  0 Reply

तपाईको प्रतिक्रिया