च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमणका क्रममा आज बिहीवार काठमाण्डाै आइपुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला प्रमुख फ्लिन नेपाल भ्रमणमा आउनुले यसलाई महत्त्वपूर्णरूपमा हेरिएको छ ।
नेपाल–अमेरिका कुटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठको अवसरमा उच्च तहमा विभिन्न पदाधिकारीको भ्रमण हुने कुरा दुवै देशले दाबी गर्दै आइरहेका छन् । दुवै देशका कुटनीतिक अधिकारीहरूले यो बीचमा दुवै देशका उच्च पदस्थ पदाधिकारीको भ्रमणलाई विशेष चासोका साथ लिएका छन् । आउँदाे असारमा प्रधानसेनापति शर्मा र त्यसपछि प्रधानमन्त्री देउवा अमेरिका भ्रमणमा जाने कार्यक्रम छ ।
अमेरिकी उच्च पदस्थ पदाधिकारीको नेपाल भ्रमण र नेपाली उच्च पदस्थ पदाधिकारीको अमेरिका भ्रमणको कुरा चलिरहेको सन्दर्भलाई त्रिभुवन विश्वविद्यालयकाे अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभागका प्राध्यापक खड्ग केसी भने नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा केही परिवर्तन आएको बताउनुहुन्छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा आज बिहीवार उहाँले एमसीसीपछि नेपाल र अमेरिकाबीच भ्रमण बाक्लिँदै गएको र स्वाभाविक रूपमा एमसीसी इन्डाेप्यासिफिकको अङ्ग होइन भने पनि यसले रणनीतिक महत्त्व राखेको पुष्टि हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमसीसीपछि नेपाल र अमेरिकाबीच भ्रमण बाक्लिँदै गएको कुरा थाहा छँदैछ । स्वाभाविक हिसाबले एमसीसी इन्डाप्यासिफिकको अङ्ग होइन भने पनि यसले अलिकति रणनीतिक महत्त्व राख्छ भन्ने पुष्टि हुँदैछ । किनभने त्यो एउटा विशुद्ध विकास परियोजना थियो भने यो तहको बाक्लो राजनीति अन्तरसम्बन्धको तहमा पुग्ने अवस्था नहुँदा पनि फरक पर्दैन थियो । त्यस कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा केही परिवर्तन आएको छनक दिन्छ । जतिबेला अमेरिकी कुटनीतिक विज्ञले तिब्बतीहरू रहेका शरणार्थी शिविरमा भ्रमण गर्नुभयो । त्यो नेपालको राष्ट्रिय सुरक्षाका हिसाबले नेपाल सरकारले अत्यन्तै लाचार काम गरेको हो । यो देशको सुरक्षाका लागि छिमेक सम्बन्ध अत्यन्तै महत्त्वपूर्ण हो । अमेरिकासँग ७५ वर्ष लामो सम्बन्ध छ । तर राष्ट्रिय सुरक्षाका हिसाबले देशको भौगोलिक अखण्डता जोगाउन पनि छिमेकीहरूलाई चित्त दुखाउने काम गर्नुहुँदैन । यस्तो काममा कुनै पनि सरकारले प्रोत्साहन गर्छ भने त्यो सरकारले गरेको कामलाई बुद्धिमतापूर्ण हो भन्न सकिँदैन । अमेरिका एउटा विश्व शक्ति हो । संसार घुमिरहनु हुन्छ । हाम्रोमा आउने कुरालाई हामीले स्वागतै गर्नुपर्छ । तर कति कुरा ग्रहण गर्ने भन्ने कुरा राष्ट्रिय महत्त्वको प्रश्न हो । त्यसमा सत्तारूढ दलका नेताहरूले ख्याल गर्नुपर्ने हो तर नगरेजस्तो छनक देखिएको छ ।’
प्राध्यापक केसीले एमसीसीपछि इन्डाेप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शङ्का गर्न सकिने घटनाक्रम बढिरहेको बताउनुभयो । उहाँले नेपालमा गठबन्धन कायम रहेको उल्लेख गर्दै अहिले नेपालको धमिलो पानीमा माछा मार्ने काम भइरहेको बताउनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले धेरै गठबन्धन हुनु भनेको सरकार कमजोर हुनु रहेको भन्दै गठबन्धनमा सम्मिलित कुनै दलले कहिले पार्टी छोड्ने हो भन्ने चिन्ता नेतृत्वलाई हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वैधता कमजोर भएको फाइदा अन्तर्राष्ट्रिय शक्तिहरूले जहिल्यै उठाउन खोज्छन् । एमसीसीपछि इन्डाेप्यासिफिकमा लैजाने प्रयत्न हो कि भनेर शङ्का गर्न सकिने घटनाक्रम बढिरहेको छ । यो देशलाई कुनै पनि सुरक्षा एलाइन्सेसमा लगेर दुर्घटनामा पुर्याउनु नेपालको समकालीन राजनीतिक नेतृत्वहरू जतिसुकै सत्ता केन्द्रित र बेइमानी भए पनि त्यो हदसम्म नजालान् कि भन्ने अपेक्षा म गर्दछु । किनभने हामी असंलग्न परराष्ट्र नीतिमा छौँ । हामी अमेरिकासँग यस्तै सुमधुर सम्बन्ध राख्न चाहन्छौँ तर सुरक्षा छाताभित्र रहेर होइन । अमेरिकासँग आर्थिक सहयोग, विज्ञान र प्रविधि, सबैखाले सहकार्य बनाऔँ तर सुरक्षा नीतिमा संलग्न नहोऔँ ।’
प्राध्यापक केसीले सत्तारूढ दलका नेताले अमेरिकी उच्च पदस्थ व्यक्तिहरूको नेपाल भ्रमणलाई लिएर विशेष चासो र चिन्ता नगरेको बताउनुभयो । एमसीसी पास भएपछि उच्च पदस्थ अमेरिकी पदाधिकारीको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि जेठमा अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया नेपाल आउनुभएको थियो । त्यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्ड नेतृत्वको सांसदको पाँच सदस्यीय टोली, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाल भ्रमण गर्नुभएको थियो ।
आज चार दिने नेपाल भ्रमणका आउनुभएका प्रमुख चार्ल्स ए फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।