काठमाण्डौ महानगरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्त...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतसँगको टी–२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । दिल्लीमा गएराति पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो ।
भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ७५ र डेभिड मिलरले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, ड्वाने प्रिट्रोरियसले २९ तथा क्विन्टन डी ककले २२ रन जोडे । भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । भारतका इशान किशनले ७६ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । यस्तै, भारतका श्रेयस ऐरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ र हार्दिक पाण्डेले ३१ रन बनाए ।
दक्षिण अफ्रिकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक/एक विकेट लिए । जितसँगै पाँच खेलको श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।