मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आक्रमण बढ्दै गएको छ । केही वर्षयता यस क्षेत्रको घरपालुवा जनावरहरूमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्याङ्कले पुष्टि गरेको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्याङ्क अनुसार सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरबाट ३ सय २३ वटाभन्दा बढी घरपालुवा जनावर मारिएका छन् । जसका लागि निकुञ्जले ९० लाख रूपैयाँभन्दा बढी क्षतिपूर्ति पशुपालक कृषकलाई प्रदान गरेको छ ।
नेपालमा सबैभन्दा कम अध्ययन गरिएको जङ्गली जनावरमा पर्ने हिमाली ब्वाँसोले घरपालुवा जनावरको सुरक्षामा निकै ठूलो समस्या सिर्जना गरिरहेको स्थानीयले बताएका छन् । वार्षिक प्रतिवेदन अनुसार‚ मारिएका ३ सय २३ घरपालुवा जनावरमध्ये २ सय ३४ ब्वाँसाेले मारेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाले बताउनु भयाे ।
सन् २०१३ मा नेपाल सरकारले आठ प्रकारका वन्यजन्तु हात्ती, गैँडा, भालु, बाघ, चितुवा, हिमचितुवा, बँदेल र अर्नाका कारण घरपालुवा वस्तुभाउलाई क्षति वा घाइते गराएमा क्षतिपूर्ति दिने पहिलो निर्देशिका लागू गरेको थियो ।
सन् २०१५ मा सरकारले त्यो सूचीमा हिमाली ब्वाँसो, ध्वाँसे चितुवा र जङ्गली कुकुर थप गरेको थियो । अहिले निकुञ्जले घरपालुवा जनावर ब्वाँसोले मारेबापत ३० हजार रूपैयाँ क्षतिपूर्ति दिने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
तस्बिर : लाक्पा नोर्बु शेर्पा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।