इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि : प्रधा...
पुस १७, २०८१ बुधबार
रुसले इन्धन निर्यातमा कटौती गरेपछि युरोपेली युनियनका १० वटा देश प्रभावित भएका छन् । युक्रेनमा आक्रमण गरेबापत युरोपेली युनियनका देशले रुसमा आर्थिक प्रतिबन्ध लगाएपछि रुसले पनि इन्धन निर्यातमा कटौती गरेको छ ।
विशेषगरी रुसले ग्यास निर्यातमा कटौती गर्दा १० वटा देशले प्रारम्भिक चेतावनी जारी गरेका ईयूका जलवायु नीति प्रमुख फ्रान्स टिमरम्यान्सले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । जर्मनीले आज मात्रै दोस्रो चेतावनी जारी गरेको छ । अर्थमन्त्री रोबर्ट हवेटले दोस्रो चेतावनीसँगै खपत कम गर्न आग्रह गर्नुभएको छ । जर्मनी एक तिहाइभन्दा धेरै ग्यासका लागि रुसमा निर्भर रहेको छ । युरोपमा इन्धन अभावका कारण प्रारम्भिक चेतावनी, चेतावनी र आपत्कालीन चेतावनी गरेर तीन चरणमा चेतावनी जारी गरिन्छ ।
रुसले पोल्यान्ड, बुल्गेरिया, नेदरल्यान्ड्स, डेनमार्क र फिनल्यान्डलाई रुसकै मुद्रा रुबलमा भुक्तानी गर्न भन्दै पहिले नै ग्यास कटौती गरिसकेको छ । गएको हप्ता नर्ड स्ट्रिम १ पाइपलाइनबाट हुने निर्यातमा रुसले ४० प्रतिशत कटौती गरेपछि अभाव झनै बढेको खबरमा उल्लेख छ ।
रुसले ऊर्जालाई बार्गेनिङको हतियार बनाएको युरोपेली देशको आरोप रहेको छ । रुसले युक्रेनमा आक्रमण गर्नुअघि युरोपेली देशमा आवश्यक ग्यासको ४० प्रतिशत निर्यात गर्थ्याे, अहिले रुसले निर्यातमा व्यापक कटौती गरेपछि केही देशले कोइला पावर प्लान्टको प्रयोग बढाएका छन् तर यसले जलवायु परिवर्तनमा असर गर्ने भएकाले यसलाई समस्या समाधानको अस्थायी उपाय मात्रै भनिएको छ ।
आउँदो जाडोयामका लागि युरोपका देशले पूर्ण क्षमतामा ग्यास भण्डारण गर्ने कोसिस गरे पनि धेरै देशले अहिलेम्म औसतमा ५५ प्रतिशत मात्रै भण्डारण गरेकाले निकट भविष्यमै सङ्कटको सामना गर्नुपर्ने सङ्केत देखिएको रोयटर्सले उल्लेख गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।