नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका दुई वटा हात्ती गर्भिणी भएका छन् । वन्यजन्तु आरक्षमा रहेका आठ वटा हात्तीमध्ये दुई वटा हात्ती गर्भिणी भएका हुन् । वन्यजन्तु आरक्षमा सात वटा पाेथी र एउटा भाले बच्चा हात्ती रहेका छन् । आरक्षमा रहेका सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी भएका हुन् ।
निकुञ्जको जङ्गलमा रहेको पुरानो जङ्गली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले बताउनुभयो । उहाँले यस आरक्षमा साढे दुई वर्षदेखि ७० वर्षका हात्ती रहेको बताउनुभयो । दुई हात्तीले तीन महिनापछि बच्चा पाउन लागेको हो ।
केही महिनाअघि कोशी टप्पु वन्यजन्तु आरक्षमा भएको भाले हात्ती माकुनाको करेन्ट लागेर मृत्यु भएका कारण आरक्षले हात्तीको सन्तान वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्ज वा जङ्गली हात्तीको भर गर्नुपर्ने अवस्था रहेको वन्यजन्तु आरक्षका प्रमुख रामचन्द्र खतिवडाले बताउनुभयो । आरक्षमा हात्तीको सङ्ख्या बढ्दै गए पनि माहुतेको दरबन्दी नभएको गुनासाे गर्नुभयाे ।
प्रमुख खतिवडाले सरकारले कोशी टप्पु वन्यजन्तु आरक्षलाई हात्तीको ब्रिडिङ सेन्टरको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले जङ्गली हात्तीले प्रदेश १ मा समस्या सिर्जना गरे पनि त्यसलाई रोक्न प्रदेश र सङ्घीय सरकारले याेजना नबनाएको बताउनुभयो ।
आरक्षमा आठ वटा हात्तीको रेखदेख गर्न २४ जना माहुते छन् । आरक्षमा ७० वर्षकी अम्बिकाकली जेठी हात्ती भए पनि उसले अहिलेसम्म कुनै बच्चा जन्माएकी छैन । आरक्षमा अम्बिकाकली, सरस्वतीकली, शोभाकली, दमदमीकली, लक्ष्मीकली, कुसाकली र उत्तरिगञ्ज नाम गरेको भाले बच्चा हात्ती छन् । हात्तीले २४ महिनामा बच्चा ब्रिडिङ गर्ने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।