खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाडौं – मलेसियामा विषाक्त रक्सी खाँदा मृत्यु हुने नेपालीको संख्या ९ जना पुगेको छ । यसअघि ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो ।
सर्लाहीका शेरबहादुर ठकुरी र ठेगाना नखुलेका शुकुबल घिसिङको ज्यान गएको मलेसियाका लागि कार्यबहाक नेपाली राजदूत कुमारराज खरेलले उज्यालोलाई जानकारी दिनुभयो ।
विषाक्त रक्सीका कारण प्रभावित भएका २४ जना नेपाली मध्येमा ९ जनाको ज्यान गइसकेको छ भने ६ जना उपचार गराएर फर्किएका छन् । मलेसियाका विभिन्न अस्पतालमा उपचार गराइरहेका ९ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको कार्यबहाक राजदूत खरेलले बताउनुभयो ।
मलेसियाको स्थानीय समयअनुसार दिउँसोको दुई बजेसम्ममा मृत्यु हुनेको संख्या ३६ पुगेको स्थानीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । सेलेङगरमा २४, क्वालालाम्पुरमा ९, पेरकमा ३ जनाको ज्यान गएको हो ।
मृत्यु हुने मध्येमा तीन जनाको शव नेपाल ल्याउन सकिने नेपाली दूतावास मलेसियाले जनाएको छ । अनुसन्धान सकिएकाले सर्लाहीका आइतसिंह गोले लगायत तीन जनाको शव नेपाल पठाउन सकिने मलेसियन प्रहरीले जानकारी दिएको कार्यबहाक राजदूत खरेलले बताउनुभयो ।
तर शव नेपाल पठाउनका लागि आफन्तबाट मन्जुरी पत्र आउनु पर्ने उहाँले जानकारी दिनुभयो । ज्यान गुमाउने कसैका परिवारले पनि शव झिकाउन अहिलेसम्म मन्जुरी पत्र दिएका छैनन् ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पनि अलिहेसम्म मृतकका परिवारले शव झिकाउन अनुरोध नगरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
रक्सीका कारण मृत्यु भएकाले प्रहरी अनुसन्धान नसक्किएसम्म र प्रहरीले अनुमति नदिएसम्म शव नेपाल झिकाउन मिल्दैन ।
प्रहरीले विषाक्त रक्सी बेचेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । एक हजार २१ बोतल रक्सी र १६ सय ९५ वटा क्यान बियर पनि जफत गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुुसार सेलेङगर प्रहरीले घटनापछि १३ ठाउँमा छापा मारेर झण्डै ३ हजार बोतल रक्सीको नमुना संकलन गरिएको छ ।
ग्राण्ड रोयल, म्यान्डले र जोकर ह्वीस्की तथा किंगफिसर र भोल्कानो बियरका कारण ज्यान गएको मलेसियन प्रहरीले बताएको छ । मलेसियाको स्वास्थ्य विभागले मृतकले खाएको रक्सीको गुणस्तर परीक्षण गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।