नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षले बैंकिङ ब्याजदर वृद्धिका कारण बजारमा मूल्यवृद्धि भएको बताउनुभएको छ ।
आज आइतवार काठमाण्डाैमा नेपाल उद्योग वाणिज्य महासङ्घले आउँदाे आर्थिक वर्षकाे मौद्रिक नीतिका विषयमा आयाेजना गरेकाे कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र बैंकले बैंकहरूको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताउनुभयो ।
अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरू समस्यामा परेको गुनासाे गर्नुभयाे । उहाँले अहिले सीमित तरलता रहेको अवस्थामा उत्पादन उद्योगमा लगानी लगाउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलको ब्याजदर बजारको मूल्यवृद्धिलाई धान्न नसक्ने गरी आएको छ । ६ महिनामा ब्याजदर दोब्बर भएर गएको छ । राष्ट्र बैंकले समयमा नै नियन्त्रण गरेको भए अहिलको अवस्था आउने थिएन । हामीले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक छ । उत्पादन क्षेत्र नै हाम्रो अर्थतन्त्रको आधार हो । उत्पादन क्षेत्रमा लगानी गर्दा रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान हुन्छ ।’
अध्यक्ष गोल्छाले उद्योगहरूले बैंकबाट कर्जा नपाउँदा व्यवसाय ठप्प रहेको भन्दै अहिले सङ्कटको समयमा केन्द्रीय बैंकले सबै समस्या समाधान गर्ने गरी मौद्रिक नीति ल्याउँछ भन्ने निजी क्षेत्रले अपेक्षा गरेको बताउनुभयो । उहाँले बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउन माग गर्नुभयो । अध्यक्ष गोल्छाले तरलता अभावका कारण बैंकहरूबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र ठप्प हुने अवस्थामा रहेको बताउनुभयो ।
अध्यक्ष गोल्छाले तरलताको चुनौतीका कारण साना व्यवसायी साँच्चै अप्ठेराेमा रहेको भन्दै व्यवसायीलाई राहत पुग्ने खालको नीति ल्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले ५५ लाख शेयर लगानीकर्ताले धेरै गुमाइसकेकाे भन्दै मौद्रिक नीतिमार्फत शेयर कर्जा धितोको ४/१२ सीमा हटाएर शेयर लगानीकर्तालाई राहत पुग्ने नीति लिनुपर्ने बताउनुभयो । अध्यक्ष गोल्छाले सरकारले एलसीमा लिएको शतप्रतिशत मार्जिनबाट बैंकहरू मात्र लाभान्वित भएको भन्दै मौद्रिक नीतिमार्फत पुनर्विचार गर्न माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।