पशुपति मन्दिर परिसरमा रुद्राक्षका बिरुवा रोपियो

 साउन १२, २०७९ बिहीबार १२:३९:४९ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा—प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको मन्दिर वरपर सङ्खुवासभाको रुद्राक्षका बिरुवा रोपिएको छ ।

आज एक कार्यक्रमकाबीच खाँदबारी नगरपालिका, काठमाण्डौ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा पशुपति क्षेत्र भित्र रूद्राक्षकाे वृक्षारोपण गरिएकाे हाे । 

वृक्षारोपण कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाद्वारा संयुक्त रुपमा वृक्षारोपण गर्नुभएकाे हाे । 

केही दिन अगाडि खाँदबारी नगरपालिकाका मेयर थपलिया र काठमाण्डौ महानगरका मेयर शाहबीच भेटघाटपछि एकआपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति भएको थियो । भेटघाट पछि नै पशुपति क्षेत्रमा सङ्खुवासभाको रुद्राक्षका बिरुवा रोप्ने कार्यक्रम तय भएको र अन्य विभिन्न कार्यक्रमहरु समेत सहकार्यमा गर्दै जाने खाँदबारी नगरपालिकाका मेयर थपलियाले बताउनुभयो । 

पशुपति क्षेत्रभित्र रुद्राक्षका बिरुवा रोप्नका लागि खाँदबारी नगरपालिकाले एक लाख रुद्राक्षका बिरुवा उपलब्ध गराउने मेयर थपलियाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाण्डौ महानगरपालिकाका मेयर शाहले एकअर्का बीच सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभएको छ।

 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया