लुलो रोज : एङ्गोलामा भेटियो अतिदुर्लभ गुलाबी हिरा, ३ सय वर्षयताकै सबैभन्दा ठूलो भएको अनुमान

 साउन १३, २०७९ शुक्रबार १०:३५:३४ | एजेन्सी
unn.prixa.net

मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हिरा फेला परेको छ ।

३४ ग्राम तौल रहेको यो हिरा तीन सय वर्षयताकै सबैभन्दा ठूलो हिरा भएको मानिएको छ ।

लुलो खानीमा फेला परेको १ सय ७० क्यारेटको यो हिरालाई ‘लुलो रोज’ नाम दिइएको छ । लुलोमा रहेकाे हिरा खानीमा भेटिएको यो पाँचौँ ठूलो हिरा हो । अङ्गोला सरकार र अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनीले त्यहाँ खानी सञ्चालन गरिरहेका छन् । यसअघि १ सय ८५ क्यारेटको ‘दरिया–ए–नुर’ फेला परेको थियो ।

रत्न विशेषज्ञ जोआना हार्डीले लुलो रोज नकाटिएसम्म कति मूल्यमा बिक्री हुन्छ भनेर अनुमान लगाउन नसकिने बताएका बीबीसीले जनाएको छ । गुलाबी हिराहरू अत्यन्तै दुर्लभ हुन्छन् । हार्डीका अनुसार यो रत्न आम नागरिकले हेर्न पाउने सम्भावना न्यून हुन्छ । अहिलेसम्म थाहा भएको सबैभन्दा ठूलो गुलाबी हिरा दरिया–ए–नुर भारतमा भेटिएको थियो । त्यो पनि ठूलो पत्थरबाट काटेर निकालिएको हुनसक्ने विज्ञको अनुमान छ ।

तस्बिर : डीडब्ल्यू डटकम

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया