कर्णाली प्रतिष्ठानमा  बीपीएच पढाइने

 असोज १०, २०७५ बुधबार १४:३४:२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यसै वर्षदेखि ब्याचलर इन पब्लिक हेल्थ  (बीपीएच ) अध्यापन सुरु हुने भएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदको यही असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीपीएच कार्यक्रम सञ्चालन गर्नका स्वीकृति दिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । काफ्लेले योसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्यमा एक इँटा थपिएको बताउनुभएको छ ।  

उहाँका अनुसार परिषद्ले त्यो कार्यक्रमका लागि २० सिट निर्धारण गरेको छ । उहाँले परिषद्को टोलीले अनुगमन गरिसकेपछि अध्यापनका लागि स्वीकृति दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अब केही दिनमै बिपिएच भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गर्छौँ ।’ यसैगरी ब्याचलर तहको मिडवाइफरी कार्यक्रमका लागि पनि असोज २० गते प्रवेश परीक्षा तोकिएको छ । 

प्रतिष्ठानले एमडीजीपी अध्यापनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । प्रतिष्ठानले केही दिनमै नेपाल मेडिकल काउन्सिललाई निरीक्षणका लागि पत्र पठाउने तयारी गरेको छ ।   

‘यो वर्ष हामीले तीन विधाको कार्यक्रम कार्यक्रम सुरु गरिसक्छौँ, त्सपछिको हाम्रो लक्ष्य अर्को वर्ष कर्णालीमा एमबीबीएस कार्यक्रम सुरु गर्नु हो’, त्यसका लागि केही तयारी सुरु पनि भइसकेको छ ।

एमबीबीएसको आन्तरिक तयारी 

एमबीबीएस अध्ययन पूर्वतयारीका लागि लागि सरकारले प्राध्यापक डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा  कार्यदल समेत गठन गरिसकेको छ । सरकारले कार्यदललाई चाँडै टीओआर दिने र एमबीबीएसको आवश्यक तयारी हुने प्रतिष्ठानले जनाएको छ । 

यसैगरी अन्तिम मुख्य लक्ष्य एमबीबीएस भएकाले सवै आन्तरिक तयारीमा प्रतिष्ठानको टिम लागि रहेको रजिष्ट्रार काफ्लेले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया