अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शव भेटिएको ठाउँबाट बरामद भएको कपडासमेत जलाएको पाइएको खुलासा गर्नुभएको छ ।
राज्य व्यवस्था समितिको बैठकमा आज मन्त्री थापाले घटनास्थलमा भेटिएको पीडितको कपडासमेत जलाएको पाएकाले यो घटना झनै रहस्यमय भएको बताउनुभयो । शवको मुुचुल्कामा नक्कली औँठा छाप भेटिएको दावी पनि उहाँले गर्नुभयो । प्रहरीले साउन ११ गते मुचल्का उठाइएको भए पनि मुचुल्कामा निर्मलाको बुबाको औँठाछाप भेटिएको छ ।
निर्मलाको बुबा छोरीको हत्याको खबर सुनेर १२ गते मात्र कञ्चनपुर आएको भए पनि ११ गतेको मुचुल्कामा उहाँको औँठाछाप हुनु स्वत नक्कली भएको गृहमन्त्री थापाले बताउनुभयो । शव भेटिएकै दिन ११ साउनमा घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल प्रहरीले पानीमा पखालेको भिडियो नै सार्वजनिक भएको थियो । हत्याको अनुसन्धानका क्रममा प्रहरीबाट धेरै नै लापर्वाही भएको मन्त्री थापाले स्वीकार गर्नुभएको छ ।
पन्तको हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार बुझाएको प्रतिवेदनका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उहाँले बताउनुभयो । गृहमन्त्री थापाले बलात्कार तथा हत्याका थुप्रै घटनाका अभियुक्त पक्राउ गरेको भन्दै सरकार र प्रहरीको इमान्दारितामा शंका नगर्न पनि आग्रह गर्नुभयो ।
१० साउनमा साथीको घरमा पढ्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Samir gautam
Sept. 26, 2018, 9:23 p.m.खासमा दोषी चाहिं को हो ? त्यो नै मुख्य कुरा हो यहाँ ...अब यात धेरै दिन बितिसक्यो , के पत्ता लाग्ला र दोषी ?