काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ नाङ्खोल्याङमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ ।
गएराति अरिङ्गाल झार्न गएका २८ वर्षीय खेमराज बर्देवाको अरिङ्गालले चिलेर ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताउनुभयो ।
‘अरिङ्गाल बडरको रुखमा रहेछ । बडरको रुखमा चडेर अरिङ्गाल झार्न थालेपछि गोलो नै उहाँमाथि खनिएर टोक्दा रुखबाट तल झर्नुभएछ ।’ डीएसपी राईले भन्नुभयो ‘अरिङ्गालले चिलेर धेरैको ज्यान गएको छ, अब जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने अवस्था देखिएको छ ।’
मृतक बर्देवाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएकाे उहाँले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।