अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – विवेकशील साझा पार्टीले २०७५ साललाई पार्टीको संगठन विस्तार वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।
यसै क्रममा पार्टीले भदौ ३० र ३१ गते राष्ट्रिय उत्प्रेरकको भेला गरेको थियो । त्यो भेलाबाटै आउँदो ३ महिना विवेकशील साझाले पार्टीको सम्पूर्ण शक्ति विशेष संगठन विस्तारमा लगाउने उद्धघोष गरेको थियो।
यसै दौरान असोज ११ गते विवेकशील साझाले काठमाडौं, भक्तपुर अनि ललितपुरका संगठनमा आवद्ध कार्यकर्तालाई संगठन निर्माणको तालिम दिएको छ ।
उद्घाटन सत्रमा बोल्दै पार्टीका संयोजक उज्ज्वल थापाले अब देशमा ३६,१३५ जना इमान भएका अनि ढंग भएका नेतृत्व प्रत्येक वडादेखि सदनसम्म चाहिएको र विवेकशील साझा पार्टीको अबको काम टोल टोलबाट ती नेतृत्व खोज्ने भएको कुरा बताउनुभयो ।
कार्यक्रममा पार्टीका अर्का संयोजक रवीन्द्र मिश्रले कार्यक्रमको समापन गर्दै अब विवेकशील साझा पार्टीले संगठन निर्माण गर्दै आउने निर्वाचनमा विवेकशील साझा निर्विकल्प बनाउन पर्ने कुरा राख्नुभयो । साथै, उहाँले विवेकशील नेतृत्वमा हुन पर्ने गुण बारे समेत पार्टीका नेताहरुलाई बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sunil thakur
Oct. 3, 2018, 10:12 a.m.राम्रो कार्यकर्ता भेटियोस /
Sunil thakur
Oct. 3, 2018, 10:06 a.m.Good job
Amit giri
Sept. 30, 2018, 8:55 p.m.Me too interested
खडक जोशी
Sept. 29, 2018, 11:16 p.m.सहि कुरा हो। contact me ...9861447491 From Kailali Nepal
रमेश फगामी
Sept. 29, 2018, 10:42 a.m.मेरो घर म्यादी जिल्ला बेनी नगरपालिका ६ भारतीय सेना बाट अबकाश प्राप्त हु हाल वैदेशिक रोजगारी को लागी UAE मा छु 43 बर्ष को भये घरमा गयेर आफ्नो गाउसमाज मा सेवा गर्न इच्छुक छु अहिले सम्म कुनै पनि पार्टी आवद्ध छैन येदि हजुर हरुले योग्य सम्झनु हुन्छ भने म इछुक छु +971562583477 069520792
जगदीश्वर
Sept. 29, 2018, 7:17 a.m.राम्रो निर्णय । अब जनतालाई लागिसक्यो कि यि पुराना दलहरुबाट देसको बिकास हुदैन । त्यसैले अबको समयमा एउटा बलियो बिकल्प सहित आउनु जरुरी छ
Rajan fadera
Sept. 28, 2018, 7:47 p.m.We aspect on this parti.