आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी देशहरूले लगाएका प्रतिबन्ध विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । बुधवार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे धारणा राख्नुभएको हो ।
रुसी राष्ट्रपतिले सोमवार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः सुरु नहुने बताएपछि यस्ताे टिप्पणी सार्वजनिक भएको अल जजिराले उल्लेख गरेको छ । यसैबीच युरोपेली सङ्घका मन्त्रीहरू रुसको ग्यास नियन्त्रण र चिसो मौसममा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दैछन् । यद्यपि यस किसिमको छलफललाई मस्कोले अर्थहीन भनेर टिप्पणी गरेको छ ।
यसैबीच चीनका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले समाचार एजेन्सीहरूलाई राष्ट्रपतिद्वय पुटिन र सीले अर्को हप्ता उज्वेकिस्तानमा हुने क्षेत्रीय शिखर सम्मेलनमा भेट्ने बताएका छन् । फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि यो पहिलो प्रत्यक्ष भेट हुने अल जजिराले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।