न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर डुङ्गा दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

 भदौ २५, २०७९ शनिबार १९:२५:४९ | एजेन्सी
unn.prixa.net

न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर एउटा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

काइकोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ ।

डुङ्गामा ११ जना रहेकोमा ६ जनाको सकुशल उद्धार गरिएको न्युजिल्यान्डको प्रहरीले जनाएको छ । काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।

ह्लेव माछाले मानिस तथा मानिस चढेको डुङ्गालाई आक्रमण गर्दैन । तर पनि ह्वेलसँगै डुङ्गा कसरी ठोक्कियो भन्नेबारेमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । 

  
 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया