आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
बेलायतका राजा–रानीलाई राष्ट्रप्रमुख मान्ने १४ वटा देशमध्ये एन्टिगुवा एन्ड बरबुडाले अब बेलायतका राजा–रानीलाई राष्ट्र प्रमुख मान्ने कि नमान्ने भन्ने विषयमा जनमत सङ्ग्रह गर्ने भएको छ ।
एन्टिगुवा एन्ड बरबुडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले महारानी एलिजाबेथ द्वितीयको निधनपछि अब गणतन्त्र स्थापना गर्ने वा राजा–रानीलाई राष्ट्रप्रमुख मानिरहने भन्ने विषयमा जनमत सङ्ग्रह गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । चार्ल्स तृतीयलाई राष्ट्र प्रमुख स्वीकार्ने कागजातमा हस्ताक्षर गरिसकेपछि उहाँले अबको तीन वर्षभित्र जनमत सङ्ग्रह गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ब्राउनले एन्टिगुवा एन्ड बरबुडा र ब्रिटिस राजतन्त्रबीचको शत्रुताका कारण नभइ सार्वभौम राष्ट्र हो भन्ने सन्देश दिन जनमत सङ्ग्रह गर्न लागेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।