परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता लीबीच भेटवार्ता

 भदौ २८, २०७९ मंगलबार १६:४०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज मङ्गलवार दिउँसाे भएकाे भेटवार्तामा नेपाल र चीन दुवै देशका अन्य विशिष्ट कर्मचारीसहितको प्रतिनिधिमण्डल सहभागी थियो । खड्का र चान्सुले आपसी हितका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले नेपाल–चीन नाकामा देखिएका समस्या समाधानतर्फ पनि चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुको ध्यानाकर्षण गराउनुभएको थियो । 

सोमवार नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया