साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जालकाे दुरुपयोग बढ्याे : सांसद बस्नेत

 भदौ २९, २०७९ बुधबार १५:५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरुले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाउनु भयो । बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने, नेता र कायकर्ताको बदनाम गराउने अन्तर्राष्ट्रिय तत्त्वहरु रहेको दाबी गर्नुभयो । उहाँले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानूनी कारबाही गर्न आग्रह गर्नुभयो । सांसद बस्नेतले काठमाण्डौ महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित समय र क्षतिपूर्ति दिनु पर्ने माग राख्नु भयो ।

उहाँले डेंगी रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने बताउनु भयो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया