बजारमा तरुलको बढ्दो कारोबार : थरीथरी जात, थरीथरी मूल्य
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – चीनले नेपालसँगका तातोपानी र रसुवागढी नाका तत्कालै खोल्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताको क्रमममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुले दुवै नाका तत्कालै खुल्ने जानकारी दिनुभएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टिका ढकाललले उज्यालोलाई जानकारी दिनुभयो ।
‘महामहिमलाई भेट्न आउनु भन्दा पहिले मैले मेरा देशका अधिकारीसँग कुरा गरेर नाका खोल्ने विषय पक्का गरेको छु, नाका अब तत्कालै खुल्नेछन् ।’ जनकंग्रेसका अध्यक्ष चान्सुले राष्ट्रपति भण्डारीसँग भन्नुभयो । नाका पूर्ण रुपमा खुलेको जानकारी केहि दिनमै नेपालका लागि चीनका राजदूतले दिने पनि चान्सुले राष्ट्रपति भण्डारीलाई बताउनुभएको थियो । महामारीका कारण नाका बन्द गर्नुपरेको उल्लेख गर्दै उहाँले अब महामारीबाट बच्दै नाका पहिलेकै अवस्थामा जस्तै सञ्चालन हुनेमा ढुक्क रहन चान्सुले आग्रह गर्नुभएको छ ।
यस्तै, विश्व परिघटनामा बदलाव आउँदा र धेरै चुनौती थपिँदा पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष चान्सुले नेपाललाई चीन र चिनियाँ नागरिकको उच्च सम्मान रहेको पनि बताउनुभएको थियो । यस्तै, नेपालमा आन्दोलनबाट उदाएकी एक महिला राष्ट्रपतिमा निर्वाचित भएको विषय चीन र विश्वका अरु देशका लागि पनि प्रेरणाको विषय भएको अध्यक्ष चान्सुले बताउनुभएको थियो ।
राष्ट्रपति भण्डारीले पनि चीनले नेपाललाई गर्दै आएको सहयोग र देखाएको सद्भावप्रति धन्यवाद दिनुभएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान तानेको भन्दै उहाँले दुई पक्षबीच भएका सम्झौताको कार्यान्वयनमा जोड दिनुभएको पनि सञ्चार विज्ञ ढकालले जानकारी दिनुभयो । भूकम्प र कोरोना महामारीबाट उठ्न चीनको सहयोग निकै महत्वपूर्ण रहेको भन्दै राष्ट्रपति भण्डारीले आउँदा दिनमा पनि नेपाल–चीन सम्बन्ध यस्तै सुमधुर रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।