बजारमा तरुलको बढ्दो कारोबार : थरीथरी जात, थरीथरी मूल्य
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - महाअभियोग सिफारिस समितिले पूरक प्रश्नका लागि आज निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबरालाई बोलाएको छ ।
समितिको बैठक बिहान ९ बजे बस्दैछ । हिजो समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो ।
महाभियोग सिफारिस समितिमा गएका सात जना कानुन व्यवसायीले जबराले लगाएको आरोप पूर्वाग्रही र गलत रहेको दाबी गरेका छन् । समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमका अनुसार समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा आजको बैठकले निर्णय गर्नेछ ।
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि मगाउने भएको छ । समितिले न्यायपरिषदबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको सभापति रामबहादुर विष्टले जानकारी दिनुभयो । प्रतिनिधि सभाको कार्यकाल भोलि मध्यरातिदेखि अन्त्य गर्ने सरकारले तयारी गरेको छ ।
जसअनुसार अब प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिसमक्ष दुई दिन मात्र बाँकी छ । सकेसम्म आज बेलुकासम्म प्रतिवेदन तयार पारेर भोलिसम्ममा प्रतिनिधि सभामा पेस गरिने समिति सचिव गौतमले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।