चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
गोरखा – अर्थमन्त्री जनार्दन शर्माले बाह्य देशको उत्पादन ल्याएर नेपालमा बिक्री–वितरण मात्र गर्ने परिपाटीले देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ ।
लिगलिग पालुङटार उद्योग वाणिज्य सङ्घ पालुङटार नगरपालिकाको आयोजनामा गोरखामा आज बुधवारदेखि सुरु भएको लिगलिग पालुङटार महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा उहाँले आफ्नो देशका लागि आफैँ उत्पादन गर्ने र अरूका बाह्य देशमा पुर्याउन सक्ने व्यवसायले मात्र देश छिट्टै समृद्ध बन्ने बताउनुभयो ।
‘हामीले अहिले गरिरहेको धेरैजसो व्यवसाय बाहिरबाट ल्याएर गर्ने गरेका छौँ’, अर्थमन्त्री शर्माले भन्नुभयो, ‘उत्पादन हामी आफैँ उपयोग गर्ने, अरूकोमा पुर्याउने खालको व्यवसाय हामीलाई आज आवश्यक छ ।’ त्यसका लागि देशमा हरेक खालका व्यवसायलाई आर्थिक उत्पादनसँग जोडेर सहरीकरण गर्न सक्यौँ भने मात्र वास्तविक विकास हुने उहाँको भनाइ छ ।
अर्थमन्त्री शर्माले अबको विकासको मान्यता आर्थिक सामाजिक र सांस्कृतिकरूपमा जनताको जीवनलाई बदल्न सक्ने खालको हुनुपर्ने बताउनुभयो । उहाँले उत्पादन जोडेर विकास निर्माणलाई अगाडि बढाउँदा पनि संस्कृति, अर्थतन्त्र र सामाजिक वातावरण निर्माण गर्ने कुरामा ध्यान पुर्याउन सके यसले समग्र विकासलाई जोड्ने सक्ने उल्लेख गर्नुभयो ।
संविधानले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने स्पष्ट किटान गरेको भन्दै उहाँले गरिबीको अन्त्य र समानताको वातावरण निर्माण गर्न नागरिकको न्यूनतम आवश्यकता परिपूर्ति गर्ने क्षमता सरकारले बताउनुपर्ने अहिलेको अवस्था रहेको बताउनुभयो ।
अर्को फरक प्रसङ्गमा अर्थमन्त्री शर्माले लिगलिगकोटको दौड पर्यटनका दृष्टिकोणले ऐतिहासिक भएको भन्दै अब यसलाई राजनीतिक पर्यटनका हिसाबले समेत उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले पालुङटार नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि स्थानीय सरकार र प्रदेश सरकारले थालनी गरे केन्द्र सरकारले पनि सबैखालको सहयोग गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।