वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने : खाली गर्न दिउँसो १ बजेसम्मको समय

 असोज ६, २०७९ बिहीबार ७:३०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हटाइने भएको छ।

काठमाण्डौ महानगरपालिकाले फर्मेसी सञ्चालकलाई हिजो २४ घण्टाभित्र औषधि पसल  हटाउन निर्देशन दिएको थियो । तर फार्मेसी सञ्चालकले तत्कालै हटाउन नसकिने बताएका छन्।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेले आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने जानकारी गराएको बताउनुभएको छ । ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत  रहेका औषधि  पसल हटाइने उहाँले बताउनुभयो । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन  खोजेको थियो ।

प्रहरी प्रमुख पाण्डेले वीर अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन  लागेको जानकारी दिनुभयो । काठमाण्डौ महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै आएको छ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया