चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – नेपाल र कोरियाबीच दुई वटा सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कोरियामा काम गरेर स्वदेश फर्किएकाहरुको स्थिर पुनःएकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि छुटाछुटै सम्झौतापत्रमा दुई देशका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् ।
प्रत्येक आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले यी दुई आयोजनाका लागि कोरिया सरकारले नेपाललाई कूल एक करोड ६० लाख अमेरिकी डलर अर्थात् झण्डै दुई अर्ब नेपाली रुपैयाँ अनुदान सहायता गर्नेछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका)ले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायसँगको सहकार्य र समन्वयमा आयोजना कार्यान्वयन गर्नेछ ।
त्यस्तै साइबर ब्यूरो परियोजना अन्तरगर्त साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि लगायतमा खर्च गरिने मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।