भव्य काठमाण्डौको कुरुप दृश्य (फोटो फिचर)

 असोज ८, २०७९ शनिबार १०:५१:४ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - देशकै ठूलो महानगरपालिका, देशभरका मानिस बस्ने ठाउँ, देशभरका सहरमध्ये सबैभन्दा धेरै मानिसको बसोबास गर्ने ठाउँ पनि हो काठमाण्डौ ।  देशको राजधानी भइसकेपछि देशभरका मानिसको पहिलो रोजाइ काठमाण्डौ हुनु पनि स्वाभाविक नै हो । चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर विडम्बना काठमाण्डौ जस्तो देशको राजधानी र प्रमुख सहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय  छ। कतै खाल्डाखुल्डी त कतै हिलाम्मे र धुलाम्मे बाटो ।

चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा, पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन् । जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्र उप्केर गइसक्यो, बाटोमा खाल्डाखुल्डी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँदिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको देखिन्छ । सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरु विकासको कुरामा सवालजवाफमा नै सीमित छन् ।

चुनावका बेला बाध्यताले गरिएको कालोपत्र र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महसुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन् ।  कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुङ्गा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ । 

तस्बिरमा हेरौँ काठमाण्डौको यस्तै दृश्य :

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रकाश चपाई

    Sept. 24, 2022, 12:06 p.m.

    mcc पास गर्ने दलाललाई जिम्मा देऊ।

  •  0 Reply

तपाईको प्रतिक्रिया