उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
माडागास्करको तटमा दुई वटा डुङ्गा पल्टिँदा २४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो सोमालियाका नागरिक रहेका स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ ।
दुवै डुङ्गामा गरी ७० जना मानिस थिए । डुङ्गा पल्टिएपछि माछा मार्नेहरूले उद्धार गरेका थिए । दुर्घटनाको कारणबारेमा छानबिन भइरहेको स्थानीय प्रहरीले जनाएको छ । बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन् ।
पूर्वी अफ्रिकाको देश माडागास्करको बाटो हुँदै अवैधानिक रूपमा युरोप प्रवेश गर्नेहरूमध्ये वर्षेनि धेरैको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।