झापामा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो : एक जना घाइते

 असोज ८, २०७९ शनिबार १०:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा - झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गएराति मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ पिपलडाँगीमा गएराति प्रदेश १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

मोरसाइकलका चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा गएराति उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया